Rule 86
समितिको बैठक र निर्णय
(१) समितिको बैठक आवश्यकता अनुसार समितिको संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(२) समितिको बैठक बस्ने सूचना र बैठकमा छलफल हुने विषयसूची /सदस्य-सचिवले बैठक बस्नु भन्दा कम्तीमा अठ्चालीस घण्टा अगावै सदस्यहरूलाई दिनु पर्नेछ ।

(३) समितिको बैठकमा एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

(४) समितिको बैठकको अध्यक्षता समितिको संयोजकले गर्नेछ र निजको अनुपस्थितिमा समितिका उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ । (५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले: निर्णायक मत दिनेछ ।

(६) समितिको निर्णय बैठकको अध्यक्षता गर्ने-व्यक्ति र समितिको सदस्य-सचिवबाट प्रमाणित गरी अभिलेख गरी राख्नु पर्नेछ ।

(७) समितिले आवश्यकता अनुसार नेपाल सरकारको कुनै कर्मचारी, पदाधिकारी वा अन्य कुनै व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरेबमोजिम हुनेछ।